दफा ५७
राष्ट्रपति उपर आक्रमण गर्न नहुने

(१) कसैले नेपालको राष्ट्रपतिको ज्यान लिन वा ज्यान लिने उद्योग गर्न हुँदैन ।
(२) कसैले नेपालको राष्ट्रपतिलाई कुनै किसिमले अपहरण गर्नु वा गराउनु वा निजको शरीर बन्धक लिन वा लिन लगाउनुहुँदैन ।
(३) कसैले नेपालको राष्ट्रपति उपर कुनै किसिमले आक्रमण गर्नु वा गराउनु हुँदैन ।
(४) यस दफा बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछः–
(क) उपदफा (१) बमोजिमको कसूर भए जन्मकैद,
(ख) उपदफा (२) बमोजिमको कसूर भए दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद,
(ग) उपदफा (३) बमोजिमको कसूर भए पाँच वर्षदेखि दश वर्षसम्म कैद ।